मंगलवार, पुष १,२०८२ 03:27:54
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:27:54
Bizshala
Global IME Bank Limited
Bizshala

महाप्रसाद अधिकारी फेरि बने ‘सी’ ग्रेडका गभर्नर, गत वर्षको भन्दा खस्कियो स्तर

Hyundai Nepal
महाप्रसाद अधिकारी फेरि बने ‘सी’ ग्रेडका गभर्नर, गत वर्षको भन्दा खस्कियो स्तर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विश्वभरका केन्द्रीय बैंकका प्रमुखहरुको र्‍यांकिङको सूचीमा पुनः 'सी' ग्रेडमा परेका छन् ।  

अघिल्लो वर्ष बी माइनसमा उक्लिएका उनलाई अमेरिकाको ग्लोबल म्यागजिनले २०२४ का लागि पुनः 'सी' ग्रेडमा झारिदिएको हो ।  

यसरी गभर्नर महाप्रसाद अधिकारीको र्‍याङ्क अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा थप खस्किएको छ । 

CG Motors
Garima Development Bank
Bizshala

ग्लोबल म्यागजिनले केन्द्रीय बैंकका प्रमुख(गभर्नर)ले लिएको मौद्रिक नीतिबाट अर्थतन्त्रमा परेको प्रभाव तथा उनीहरुको कार्यक्षमतालाई आधार बनाएर र्‍यांकिङमा समेट्दै आएको छ । यो क्रममा राष्ट्रबैंकका गभर्नर अधिकारी अघिल्लो वर्षको तुलनामा थप कमजोर र प्रभावहीन देखिएका हुन् ।  

उनले लिएका नीतिका कारण अर्थतन्त्रमा खासै टेवा पुग्न नसकेको देखिन्छ । कुनै राजनीतिक दल वा आस्थाका कारण सधैं विवादमा आउने गभर्नर अधिकारीले लिएको नीतिले लामो समयसम्म सेयर बजारका लगानीकर्ता प्यानिक बनेका थिए । अझै पनि सेयर बजारलाई सपोर्ट गर्ने गरी आवश्यक लचक नीति अधिकारीले मौद्रिक नीतिमार्फत लिन नसकेका देखिन्छ ।  

पछिल्लो समय नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि र सोही दलका नेता अर्थमन्त्री बनेपछि मात्र गभर्नर अधिकारी लचक र सुधारका नीति बनाउन अग्रसर देखिन्छन् । उनको राजनीतिको आस्थाबाट प्रभावित हुने यो प्रवृति समेत जनताले लामो समयदेखि मन पराएका छैनन् । यहीकारण कार्यकालको अन्तिम केही महिना बाँकी छँदा समेत गभर्नर अधिकारीले आफूमाथिको आरोप र दाग मेट्न सकिरहेका छैनन् । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

त्यसो त 'सी' प्लसको र्‍याङ्कमा गभर्नर अधिकारी पर्नुको कारण प्रस्तुत गर्दै म्यागजिनले लेखेको छ -'मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्न नेपाल राष्ट्र बैंकले गत वर्ष मौद्रिक नीतिमा कडाई गरेको थियो । यसले नीतिगत दर बढायो र कोभिड १९ महामारीको समयमा ५०० प्रतिशत भन्दा बढीले फूलेका बैंकहरूलाई ऋण दिनेमा रोक लगायो। फलस्वरूप, ऋण वृद्धि २०२२ मा १३.३ प्रतिशतबाट ४.६ प्रतिशतमा सीमित बन्न पुग्यो । डिसेम्बरमा नीतिगत दरमा १०० आधार बिन्दु कटौतीको लागि मध्यस्थ मुद्रास्फीतिलाई अनुमति दिइयो, र मुद्रास्फीति गतिशील सुधार जारी रह्यो, तेल र वस्तुको मूल्यमा आएको कमीका कारण यस वर्षको पहिलो अर्धवार्षिकमा औसत ६.४ प्रतिशत पुग्यो। अघिल्लो वर्षको ५.६ प्रतिशतको वृद्धिदर गत वर्ष मात्र १.९ प्रतिशतमा झरेको थियो र एडीबीले यो वर्ष ३.६ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ।'

अधिकारी: एशियाकै कमजोर गभर्नर !

एशिया प्रशान्त क्षेत्रमा 'सी' ग्रेडको गभर्नरको रुपमा महाप्रसाद अधिकारी मात्र देखिएका छन् ।  

म्यानमारका केन्द्रीय बैंकका प्रमुखलाई 'एफ'मा परेका छन् भने त्यसपछि गभर्नर अधिकारी छन् । एशियाका बाँकी सबै देशका गभर्नरहरुको र्‍याङ्क 'बी' र त्यसभन्दा माथि नै छ ।  

पाकिस्तानका गभर्नरले अघिल्लो वर्षको 'सी माइनस'बाट सुधार गरी 'बी'मा आफूलाई उभ्याउन सफल देखिएका छन् ।  

भारतका शशिकान्त दास 'ए प्लस'मा परेका छन् भने चीनका केन्द्रीय बैंक प्रमुख 'बी प्लस'मा, श्रीलंकाका नन्दलाल विरासिंघे 'ए'मा रहेका छन् ।  

थाइल्याण्डका 'बी' मा, भियतनामका 'ए' बर्गमा, फिलिपिन्सका 'ए' माइनसमा परेका छन् ।  

एशिया प्रशान्त क्षेत्रका गभर्नरहरुको र्यांकिंगको सूची यस्तो छः

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.