मंगलवार, पुष १,२०८२ 11:35:55
Bizshala
  • मंगलवार, पुष १,२०८२ 11:35:55
Bizshala
Global IME Bank Limited
Bizshala

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ

Hyundai Nepal
तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका छन् । 

घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताएका हुन् । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए । उनले सकेसम्म तिहारमा विद्युत् पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए ।  

CG Motors
Garima Development Bank
Bizshala

‘यो वर्ष वर्षाको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत क्षेत्रमा ठुलो क्षति पुगेको भएपनि चाहिने जति विद्युत् उत्पादन भईरहेको घिसिङले बताए । ‘करिब २ हजार एक सय मेगावाटको उत्पादन अहिले छ । 

तर त्यो घटेर १९ सय मेगावाटमा झरेको छ । दैनिक रूपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ ’ उनले भने, ‘अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो । १२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठुलो बाढी पहिरो गयो । तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.