बुधबार, असार १८,२०८२ 11:40:52
  • बुधबार, असार १८,२०८२ 11:40:52
Global IME Bank Limited

बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने

Hyundai Nepal
बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने
Nabil Bank Limited

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आ.ब. २०७९-२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकहरुमा रामजी गौतम र बौद्धराज अर्याल रहेका छन् ।

CG Motors
Muktinath Bikas Bank Limited

सभामा संस्थाको शेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको शेयर प्रतिशत संशोधन, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।

यस वित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

साथै वित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.