आईतवार, असार २९,२०८२ 06:44:06
  • आईतवार, असार २९,२०८२ 06:44:06
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
प्राइम कमर्सियल बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित)दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।  

बैंकको चुक्तापूँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ ।  

Muktinath Bikas Bank Limited

सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ ।  

बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु.७ अर्ब ५१ करोड आर्जन गरेको छ । उनले सेयरधनीहरु माझ भने, ‘यसले दीर्घकालिन रुपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गर्दै लगेको र आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी समेत दिए ।  

साधारण सभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी गराए ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.