सोमबार, चैत्र २३,२०८२ 04:19:44
Bizshala
  • सोमबार, चैत्र २३,२०८२ 04:19:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो

Bizshala
नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो
Shivam Cement

काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निक्षेपको ब्याजदर पुनः घटाएको छ ।  

पुस १ गतेदेखि लागू हुने गरी मंसिरको तुलनामा निक्षेपको ब्याजदर घटाएको हो ।  

नेपाल बैंकमा कुनै व्यक्तिले मुुद्दति निक्षेपमा पैसा राख्दा पाइने रिटर्न घटेर अधिकतम ५.६० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फ २ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजदर ४.२० प्रतिशत, २ देखि ५ वर्ष अवधिका ४.९० प्रतिशत र  ५ वर्षभन्दा माथि अवधिको ब्याजदर ५.६० प्रतिशत तोकिएको छ ।

संस्थागततर्फ २ वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ३ प्रतिशत, २ वर्षदेखि माथिको अवधिको ब्याजदर ४.७० प्रतिशत तोकिएको छ ।  

बचत खातामा पाइने ब्याजदर अधिकतम ५ प्रतिशतसम्म रहेको छ । यसरी हेर्दा नेपाल बैंकको केही बचत खाताको ब्याजदर मुद्दतिको भन्दा बढेको देखिएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मंसिरमा नेपाल बैंकले व्यक्तिगततर्फ २ वर्षे अवधिको ब्याजद ४.५५ प्रतिशत, २ देखि ५ वर्षे अवधिका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथि अवधिका लागि ५.९५ प्रतिशत तोकेको थियो । संस्थागततर्फ २ वर्षसम्मको ब्याजदर ३.११ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको ४.९५ प्रतिशत थियो ।  

मंसिरमा बचत खातामा पाइने अधिकतम ब्याजदर ५.०१ प्रतिशत थियो । रेमिटान्स खाताको अधिकतम ब्याजदर ६.०१ प्रतिशत थियो ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.