बिवाईडीको कार बिक्रीमा रेकर्ड,ब्याट्रीको तुलनामा हाईब्रिड कार बढी बिक्यो
काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बिवाईडीले अगस्ट महिनामा रेकर्डतोड बिक्री गरेको छ । कम्पनीले अगस्ट महिनामा ३ लाख ७० हजार ८५४ युनिट कार बिक्री गरेको छ । यो संख्या गत वर्षको तुलनामा ३० प्रतिशतले धेरै हो । ब्याट्री मात्रै भएको कारभन्दा पनि हाईब्रिड कारहरुको बिक्रीमा आएको उछालका कारण कम्पनीले रेकर्डतोड बिक्री गर्न सफल भएको जनाइएको छ ।