हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बिर्तामोड, २५ वैशाख २०८२ – नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बिर्तामोडमा क्रेटा ईभी (इलेक्ट्रिक गाडी) सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०८२ वैशाख २५ गते (८ मे २०२५) मा बिर्तामोडस्थित अलाइन्स मोटर्स, हुन्डाईको आधिकारिक डिलर, को प्राङ्गणमा आयोजना गरिएको थियो।

