निक्षेप संकलन ६४.८२ खर्ब पुग्दा कर्जा प्रवाह ११ अर्बले बढ्यो,सिडी रेसियोमा सुधार
काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले असार ३० गतेसम्मको सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । गत असार २९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७७ अर्बबराबरको निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ४ अर्बले वृद्धि भएको छ। कुल...

