सर्वसाधारणका लागि माबिलुङ इनर्जीको आईपीओ खुला
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको हो । कम्पनीले गत असार १ गते प्रति सेयर रू. १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो...

