गार्डियन माइक्रो लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा दुई पुनर्बीमक
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.४२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२० प्रतिशतले...

