पहिलोपटक एफएटिएफको 'ग्रे लिस्ट'मा पर्दा बियरिस बनेको थियो नेप्से, यसपटक त्यस्तो नहुनेमा विज्ञहरुको एकमत
काठमाण्डौ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको छ । फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । यसको अर्थ नेपालले २ वर्षभित्र महत्वपूर्ण कामहरु गर्नुपर्नेछ त्यहाँबाट निस्किन । सरकार र अन्य तालुकदार निकाय गम्भीर बनेर द्रूत गतिमा काम गरे भने २ वर्षअघि नै आवश्यक सुधारका...

