धितोपत्र बोर्डको बैठक आज बस्दै, अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा छलफल हुने
काठमाण्डौ । पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको विषयमा आज बस्न लागेको धितोपत्र बोर्डको बैठकमा छलफल हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्रबोर्डमा पठाएको थियो । धितोपत्र बोर्डका कार्यकारी निर्देशक बिनय देब आचार्यले आज बस्ने बोर्ड बैठकमा यस...

