१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक कमाए
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईउपसूचकमध्ये आज जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.४१ प्रतिशतले घटेको छ...

