बुधबार, असार १८,२०८२ 07:09:20
  • बुधबार, असार १८,२०८२ 07:09:20
Global IME Bank Limited

सेबोनबाट अन्तिम १५ मिनेटको औषत मूल्य निधारण गर्ने विधि पारित, ३ साताभित्र कार्यन्वयनमा आउने

Hyundai Nepal
सेबोनबाट अन्तिम १५ मिनेटको औषत मूल्य निधारण गर्ने विधि पारित, ३ साताभित्र कार्यन्वयनमा आउने
Nabil Bank Limited

काठमाण्डौ। पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्तिम मूल्य निधारण गर्ने विधि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट पारित भएको छ । सेबोनको अघिल्लो साता बसेको सञ्चालक समितिको बैठकले यो विषय पारित गरेको हो ।  

नेपाल स्टक एक्सचेञ्जका कायम मुकायम(कामु)सीईओ निरञ्जन फुयाँलले यस विषयको जानकारी बिजशाललाई दिएका हुन् ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । फुयाँलले यो विषय धितोपत्र बोर्डबाट स्वीकृत भएर नेप्सेमा आएको बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनका अनुसार यो विषय अब सिस्टममा मिलाउन २÷३ साता लाग्ने छ । हामीले प्रायः बिहिबार नयाँ व्यवस्थाको परिक्षण गर्दै आएका छौं । टीएमएसमा परीक्षण गरेपछि अबको ३ साताभित्र कार्यन्वयनमा आउने फुयालले जानकारी दिए । हाल धितोपत्र बजारमा सेयर खेलाडीहरुले अन्तिम समयम बजार बढाउने वा घटाउने गरेको केही लगानीकर्ताहरुले आरोप लगाउँदै आएका छन । यो व्यवस्थापछि अब अन्तिम समयमा बजारमा चलखेल रोकिने पनि धेरै लगानीकर्ताहरुको बुझाइ छ ।  

तर सेयर खेलाडीहरुको सयौं जुक्ति हुने भएकोले बजारमा यसको कस्तो प्रभाव पर्छ भन्ने विषय कार्यन्यनमा आएपछि मात्रै थाहा हुने बजार जानकारहरुको मत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.