म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको बजार मध्य ब्याण्डबाट पनि माथि लाग्दै
काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा आज ७ अर्ब ६१ करोडको कारोबार भएको छ । बजारलाई प्राविधिक रुपमा हेर्दा आज पनि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा बजारले मध्य ब्याण्डलाई ब्रेक गरेर माथि लागेको छ । योसँगै आज बनेको क्याण्डलले यस अघि बनेका १० वटा क्याण्डलाई ढाकेको छ । बजार...

