नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘एकदुई दिनमा बजार सम्हालिन्छ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर...

