गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । उनलाई वैशाख १६ गतेदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जनाएको छ । बुढाथोकी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका छन् ।...

