सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको ५ औं साधारण सभा आज आयोजना हुन लागेको हो । उक्त सभा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको होटल सिद्धार्थ भिलासामा आयोजना हुन लागेको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)...

