सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन
काठमाण्डौ । सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १४ लाख ८५ हजार ८५६ जनाले आवेदन दिएका छन् ।कम्पनीको आइपीओमा १ अर्ब ८४ करोड ३५ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३५ हजार ३३० कित्ताका लागि आवेदन परेको छ ।

