भगवति हाईड्रोपावरको आम्दानी र नाफा दुवैमा वृद्धि,रिजर्भको आकार १९.९०% ले बढ्यो
काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आम्दानी बढ्दा नाफामा वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २३.५५ प्रतिशतले धेरै हो । गत आवको पुस ममानसन्तसम्म कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

