बिहीबार, असार १९,२०८२ 12:09:49
  • बिहीबार, असार १९,२०८२ 12:09:49
Global IME Bank Limited

सुस्ताएका लगानीकर्ता पनि सक्रिय बन्दा नेप्सेमा उच्च कारोबार

Hyundai Nepal
सुस्ताएका लगानीकर्ता पनि सक्रिय बन्दा नेप्सेमा उच्च कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको तेश्रो कारोबार दिन बजार खुलेको एकघण्टामा डेढ अर्ब बढीको सेयर कारोबार भएको छ ।  

यसले सेयर बजारमा पर्ख र हेरको रणनीतिमा रहेका ठूला लगानीकर्ता समेत बिस्तारै बजार प्रवेश गर्न थालेका देखिन्छ ।  

कांग्रेस एमाले गठबन्धनको सरकार गठनको सहमति भएदेखि नै बजारमा बढोत्तरीको क्रम सुरु भएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

योपटक नेप्से परिसूचकमा बढोत्तरीसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भइरहेको छ । यसले समेत बजारमा दिगो बढोत्तरीको क्रम सुरु भएको सहजै अनुमान लगाउन सकिन्छ ।  

लामो समयसम्म मनोबल खस्किएका लगानीकर्ताहरुलाई उत्साहित बनाउने गरी गठन भएको नयाँ सरकार, सेयर बजारमैत्री अर्थमन्त्रीको परिचय बनाएका विष्णु पौडेलको पुनरागमन, घट्दो बैंक ब्याजदर र बजारमैत्री मौद्रिक नीति सार्वजनिक हुने तयारी भइरहेका कारण बजारमा रौनक बढेको देखिएको छ ।  

अर्थमन्त्री विष्णु पौडेलले सोमबार नियुक्ति भएलगत्तै नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अगाडि राखेर मौद्रिक नीति निकै सहज आउने र वित्तीय नीतिसँग ट्यूनिंग मिल्ने गरी बजार तथा लगानीमैत्री नीति ल्याइने सगौरव घोषणा गरेका छन् । अर्थमन्त्री र गभर्नर एउटै पार्टीका कार्यकर्ता भएका कारण समेत अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउनेमा दुईमत छैन । यही विषय बुझेका लगानीकर्ता बजारमा सक्रिय भएर लागेका कारण बजारमा बढोत्तरीसँगै कारोबार रकम पनि बढिरहेको हो ।  

मंगलबार मध्यान्ह १२ः०८ मा नेप्से परिसूचक ७.३० अंकले बढेको छ भने कारोबार रकम १ अर्ब ८३ करोड माथि पुगेको छ।

बजारको सुरुवातीदेखि यो समयसम्म जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समाचार तयार पार्दासम्म वरुण हाइडोपावर र आँखुखोला जलविद्युत कम्पनीको मूल्यमा अपर सर्किट लागिसकेको छ ।  

यो बेलासम्म १६३ कम्पनीको मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ ।  

नेप्से परिसूचक बढेर २२४८ को विन्दूमा पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.