जेन-जी आन्दोलनमा भाटभटेनीका २१ शाखामा क्षति, १२ स्टोर भवनसहित ध्वस्त
काठमाण्डौ । नेपालका युवाहरू भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध चर्को विरोध गर्दै सडकमा उत्रिएपछि भदौ २४ गते मंगलबार देशव्यापी हिंसा भड्कियो। जेनजी नामले सुरु भएको आन्दोलनमा व्यापक घूसपैठ भयो र विभिन्न प्रतिष्ठित व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानलाई पनि छानी छानी तारो बनाउने काम भयो ।

