सिन्धुली–२ मा रास्वपाका आषिश गजुरेल अग्रस्थानमा
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ को मतगणनाअनुसार हाल रास्वपा उम्मेदवार आषिश गजुरेल अग्रस्थानमा छन्। उनले हालसम्म गणना भएको मतमध्ये १ हजार २६८ मत पाएका छन्। उनलाई काँग्रेसकी उम्मेदवार सुशिला थिङ ७९० मतसहित पछ्याइरहेकी छिन्। अर्का उम्मेदवारहरूमा नेकपाका लेखनाथ दाहाल (राजन)ले ६८२ मत, एमालेका मनोज जंग थापाले ५३५ मत र स्वतन्त्र उम्मेदवार...

