सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा ९ सय रुपैयाँको बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य २५ सय रुपैयाँले घटेको थियो ।