सुनको मूल्य २ हजारले बढ्यो, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सयमा कारोबार भएको थियो ।