आज बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।