निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज कतिले बढ्यो ?
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।