सुनको मूल्य एकैदिन ३६ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो घटेको सुनको मूल्य आज भने १ प्रतिशतभन्दा बढीले बढेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.५५ प्रतिशत अर्थात ३६.८१ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४१८.०१ डलर कायम भएको छ ।