त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ
काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना व्यक्ति पक्राउ परेका छन् । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा दुई फरक घटनामा ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय...