सुनको मूल्य एकैदिन ३६ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य १.४९ प्रतिशत अर्थात प्रतिऔंस ३६.१६ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ४६३.९३ डलरमा कारोबार भईरहेको छ । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १.४४ प्रतिशत अर्थात ०.४० डलरले बढ्दै प्रतिऔंस २७.७४ डलर पुगेको छ ।