आज ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बढेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम थियो ।