बीमा कम्पनीहरुलाई भौतिक रुपमा कार्यालयहरु सञ्चालनमा ल्याउन प्राधिकरणको निर्देशन
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले भौतिक रुपमा उपस्थित भई पूर्ण रुपमा कार्यालय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आजदेखि सम्पूर्ण बीमा कम्पनीहरुलाई पूर्ण रुपमा कार्यालयहर सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

