निर्जीवन बीमकले संकलन गरे रु.१४ अर्बको प्रिमियम, नेपाल इन्स्योरेन्सको व्यवसाय सर्वाधिक ग्रोथ
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । १४ निर्जीवन बीमकले चालु आवको ४ महिनासम्ममा १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यो प्रिमियम संकलन गत आवको सोही अवधिसम्मको तुलनामा १०.७४ प्रतिशत बढी हो । गत आवको कात्तिक महिनासम्ममा निर्जीवन बीमकहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । चालु आवको ४...