साउनमा निर्जीवन बीमकहरुको बीमाशुल्क आर्जन सामान्य बढ्यो, सबैभन्दा बढी कसको ?
काठमाण्डौ । चालु आवको पहिलो महिनामा निर्जीवन बीमकहरुको बीमाशुल्क आर्जन सामान्य बढेको छ । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.३५ प्रतिशतले माबै बढी हो । अघिल्लो आवको साउन महिनामा निर्जीवन बीमकहरुले ४ अर्ब २६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेका थिए ।

