शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र रुपमा गरिरहेको छ । गत असोज ११ गते देखि देशभर परेको अविरल वर्षा, बाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको कम्पनीले जनाएको छ ।