आगामी आ.ब.को सुरुवातमै बोनस घोषणा गर्न दिने प्राधिकरणको सहमतिपछि सिटिजन लाइफको ‘अन्तरिम लाभांश’ रद्द !
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गरेर बीमा प्राधिकरणको निर्देशनपछि रद्द भएको बोनस सेयरसहितको बम्पर लाभांश प्रस्ताव सम्बन्धी प्रक्रिया अर्को आर्थिक वर्षको सुरुवातमै पुनः अगाडि बढाउने भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सले सोमबार आईपीओ निश्कासन गर्दाताका संकलन भएको सेयर प्रिमियमबाट प्राप्त रकमबाट बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्याउने...

