विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । विभिन्न ४ वटा कम्पनीको साढे २ लाख कित्ता बढी संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ । जसअन्तर्गत मेरोमाइक्रोफाइनान्स लघुवित्तको १ लाख ७२ हजार ३७२ कित्ता, स्वावलम्बन लघुवित्तको ८४ हजार ६५ कित्ता, कालिका लघुवित्तको ७ हजार ९३८ कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ हजार ३१५ कित्ता गरी कुल २ लाख ६५ हजार ७२० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो ।...

