मंगलवार, भाद्र ३,२०८२ 09:15:08
  • मंगलवार, भाद्र ३,२०८२ 09:15:08
Global IME Bank Limited

श्रीनगर एग्रोटेकले भदौ ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
श्रीनगर एग्रोटेकले भदौ ११ गतेदेखि आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले यही भदौ ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ लाख ७३ हजार ६३ कित्ता आईपीओ जारी गर्न लागेको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

जसमध्ये जारीपूँजीको १ प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ६३ हजार १२५ सय कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ३० लाख ९९ हजार ३७५ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते बैंकिङ समयपछि हुनेछ ।  

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन शाखा, पाल्पा र फरसाटिकार शाखा एनएमबी बैंकको. तानसेन शाखा, पाल्पा र फ्रसाटिकार शाखा र ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.