नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०।२५ अनुपातमा रु.१०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको छ । यो हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गते तोकिएको थियो । तर अब भने यो हकप्रद खरिदका लागि चैत १४...

