तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसमूह घटेका छन् । जीवन बीमा समूह १.७४ प्रतिशत र निर्जीवन बीमा समूह १.२६ प्रतिशतले घटेको छ । आज...

