चुक्तापूँजी पुर्याउन ब्रोकरहरुलाई हम्मेहम्मे, मर्जर निर्देशिकामा अलमल गर्दै धितोपत्र बोर्ड
काठमाण्डौ । ब्रोकरहरुलाई पूँजी बढाउन सहज हुनेगरि तयार भएको मर्जरसम्बन्धी निर्देशिका धितोपत्र बोर्डबाट आगामी सातासम्म आउने भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले दिएको जानकारी अनुसार हाल मस्यौदा तयारी अन्तिम चरणमा अवस्थामा रहेको छ । अब बस्ने धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकपछि निर्देशिका तयार भएर आउने प्रवक्ता घिमिरेले जानकारी दिए । तर एक ब्रोकरले...

