हिमालयन रि सहित २५ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो र नेपाल रि
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक १.४८ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.५१ प्रतिशतले...

