मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, नवनियुक्त सीईओको पदभार ग्रहण
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरान, सुनसरीमा बैकको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आव २०८०/२०८१ को मुनाफाबाट सेयरधनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

