Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ बाँडफाँड, ५ जनाको भागमा पर्यो ११ कित्ता सेयर

Laxmi Sunrise Bank Limited
टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ बाँडफाँड, ५ जनाको भागमा पर्यो ११ कित्ता सेयर
Shivam Cement

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले गत २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २९ लाख ४८ हजार ९ सय ६६ आवेदन परेको छ । यसमध्ये २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको छ ।

Bizshala
New Office
CG Motors

कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ५ सय ४५ जनालाई १० कित्ताका दरले २५ लाख १५ हजार ४५० कित्ता आईपीओ बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ । बाँकी ५ कित्ता सेयर भने आईपीओ परेकामध्ये ५ जनालाई थप एक÷एक कित्ता दिइएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.