अभियान लघुवित्तको नायब सीईओमा न्यौपाने नियुक्त
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश न्यौपाने नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश न्यौपाने नियुक्त भएका छन् ।
काठमाण्डौ । कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले लगानीकर्ताहरुलाई लक्षित गर्दै अनलाइनमार्फत सेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार पुस १९ गतेदेखि देखि २६ गतेसम्म ८ दिन निःशुल्क तालिम लिन पाइनेछ ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर,महुली लघुवित्त र नेशनल लाइफको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो...
काठमाण्डौ । डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले माघ १० गते गोदावरीमा रहेको गोदावरी फरेस्ट होटलमा दिनको १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७३९.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल टेलिकम, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, कालिका पावर,अपि पावर,अरुण भ्याली हाइड्रो, युनाइटेड इदीमार्दी एण्ड आरवि,स्वरोजगार लघुवित्त,समता घरेलु लघुवित्त,ग्लोबल आईएमई लघुवित्त,हिमालयन...
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको रु। १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ जारी गर्नका लागि पुस १६ गते अनुमति प्रदान गरेको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४१ प्रतिशत अर्थात १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ४५६.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा स्क्रिप्टको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ५ अर्ब...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको भाउमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तिएको हो ।
काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेडका सञ्चालक शम्भु प्रसाद फुयालको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फुयालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडको कम्पनी सचिवमा रमेश प्रसाद भण्डारी नियुक्त भएका छन् । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको ८८ औं बैठकले भण्डारीलाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्षमा बेचन गिरी चयन भएका छन् । पुस १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गिरीलाई अध्यक्ष चयन गरेको हो ।
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धिरेन्द्र लाल कर्ण पुनःनियुक्त भएका छन् । पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कर्णलाई दोस्रो कार्यकालका लागि पुनः सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.