बजारमा पैसा धेरै भएपछि आज पनि २५ अर्ब झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

