बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २१ दिनका लागि पैसा झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले...