यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, कुन भागमा छ भारी वर्षाको सम्भावना ?
काठमाण्डौ । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै, नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा...

