सर्वदलीय बैठक: अवरुद्ध बाटोहरु तत्काल खुलाइने, सहुलियत पसल सञ्चालनको व्यवस्था मिलाइने(९ बुँदे निर्णयसहित)
काठमाण्डौ । सरकारले आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकले बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा अवरुद्ध सडकहरु यथाशीघ्र खुलाउने, क्षतिग्रस्त विद्युत आयोजना तत्काल मर्मत गर्ने तथा कालोबजारी हुन नदिन सहुलियत पसल सञ्चालनको व्यवस्था मिलाउने लगायतको निर्णय गरेको छ । सरकारको आह्वानमा बसेको सर्वदलीय बैठले अविरल वर्षापछि देशभर आएको बाढी, पहिरो र डूबान तथा त्यसबाट...