शनिबार, जेष्ठ १६,२०८३ 09:23:38
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 09:23:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अविरल वर्षापछि प्रमुख राजमार्गहरूमा बाढी र पहिरो, यातायात ठप्प

Laxmi Sunrise Bank Limited
अविरल वर्षापछि प्रमुख राजमार्गहरूमा बाढी र पहिरो, यातायात ठप्प
Shivam Cement

काठमाण्डौं । अविरल वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्गहरूमा बाढी र पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ।  

नेपाल प्रहरीको तथ्याङ्क अनुसार, आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही सडक खण्डहरूमा यातायात पूर्ण र आंशिक रूपमा अवरुद्ध छन्।

कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ को बरुणमा साउन १७ गते दिउँसो ४ बजे पहिरो गएपछि यो सडक खण्ड अवरुद्ध भएको थियो । 

Bizshala
New Office
CG Motors

यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भएको छ।

तथापि, त्यहाँ वैकल्पिक मार्गमार्फत एकतर्फी सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

सिंधुपाल्चोकको भोटेशोकी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।  

साउन १६ गते साँझ ६:३० बजे गएको पहिरोले यो सडक खण्डलाई अवरुद्ध बनाएको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala

जसका कारण चीनसँगको व्यापारिक नाका जोड्ने यो महत्त्वपूर्ण मार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पनि साउन १६ गते साँझ पहिरोले बेनी९जोमसोम सडक खण्ड प्रभावित बनाएको छ।  

अहिले उक्त स्थानमा पहिरो पन्छाएर एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ।

सडक विभाग र सुरक्षा निकायहरूले यी अवरुद्ध सडकहरू खुल्ला गर्ने प्रयास गरिरहेका छन्। 

यात्रामा निस्कनुअघि सर्वसाधारणलाई सम्बन्धित जिल्लाका ट्राफिक प्रहरी वा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरेर सडकको वर्तमान अवस्था बुझ्न आग्रह गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.