Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 02:04:30
इन्धनमा इथानोल मिसाइने
NEWS

इन्धनमा इथानोल मिसाइने

काठमाण्डौ । सरकारले पेट्रोलमा बायो इथानोल मिसाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै पेट्रोलियम पदार्थमा बायो इथानोल मिसाइने बताएका हुन् ।  

अब कमाउदै पढ्न मिल्ने, सातामा २० घण्टा काम
NEWS

अब कमाउदै पढ्न मिल्ने, सातामा २० घण्टा काम

काठमाण्डौ । सरकारले उद्यमशिलता विकास र इन्ट्रनका लागि सातामा २० घण्टा काम गर्दै पढ्दै गर्न सकिने व्यवस्था गर्ने भएको छ । उद्यमशिलताको विकासको लागि सरकारले पार्टटाइम काम गर्दै पढ्दै गर्न मिल्ने योजनामा ल्याएको हो ।

सामाजिक सुरक्षा सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने
NEWS

सामाजिक सुरक्षा सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

काठमाण्डौ। सरकारले सामाजिक सुरक्षा सेवा लिनेका लागि राष्ट्रिय परिचय पत्र क्रमशः रुपमा अनिवार्य गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट पेस गर्दै यस्तो बताएका हुन् ।

नेपाली नागरिकलाई विदेशमा लगानी गर्ने बाटो खुला
NEWS

नेपाली नागरिकलाई विदेशमा लगानी गर्ने बाटो खुला

काठमाण्डौ । सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघिय संसदमा आगामी आवको बजेट पेश गर्दै नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताए ।  उनले ‘नेपालबाट विदेशमा बिक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइने बताए । यसका लागि...

हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाइने
NEWS

हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाइने

काठमाण्डौ । सरकारले हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट पेश गर्दै यस्तो व्यवस्था मिलाउने बताएका छन्े ।  उनले जग्गा प्राप्ती तथा हदबन्दीसम्बन्धी कानूनको पुनरावलोकन गरिने र उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ, अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने बताए ।...

स्वेट सेयरलाई सरकारले दियो कानूनी मान्यता
NEWS

स्वेट सेयरलाई सरकारले दियो कानूनी मान्यता

काठमाण्डौ । सरकारले स्वेट सेयरलाई कानूती मान्यता दिएको छ । अर्थमन्त्री विष्णुप्रसाल पौडेले संघिय संसदमा आगामी आवको बजेट पेश गर्दै स्वेट सेयरलाई मानूनी मान्यता दिने बताएका हुन् ।

बाली तथा पशुपन्छी बीमाको प्रिमियमका लागि रु.२.३० अर्ब विनियोजन
NEWS

बाली तथा पशुपन्छी बीमाको प्रिमियमका लागि रु.२.३० अर्ब विनियोजन

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेटमा बाली तथा पशुपन्छी बीमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।  साथै आव २०८२/८३ मा कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिने अर्थमन्त्री पौडेलले बताए ।  

स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमै कर्जा
NEWS

स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमै कर्जा

काठमाण्डौ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट पेस गर्दै यस्तो घोषणा गरेको हुन् । पौडेलले स्टार्टआपहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताए र यसका लागि ७३ करोड बजेट विनियोजन गरिएको छ ।  

युवालाई कृषिमा आकर्षित गराउन बीमाको सेवा
NEWS

युवालाई कृषिमा आकर्षित गराउन बीमाको सेवा

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेटमा भूमि कृषि सामाग्री, बीमा र खरिद सम्झौता र बजारको सदुढीकरण गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गरिने बताएका छन् ।  

सहकारीमा निक्षेपाकर्ताको ५ लाख सम्म रकम सुरक्षण गरिने
NEWS

सहकारीमा निक्षेपाकर्ताको ५ लाख सम्म रकम सुरक्षण गरिने

काठमाण्डौ । सहकारीमा निक्षेप राख्नेको लागि चक्रिय कोष स्थापना गरिने भएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै बताएका हुन् । उनले ५ लाखसम्मको कर्जा सूरक्षण कोषमार्फत सुरक्षण गरिने बताए ।

रासायनिक मल अनुदानका लागि रु.२८.८२ अर्ब विनियोजन
NEWS

रासायनिक मल अनुदानका लागि रु.२८.८२ अर्ब विनियोजन

काठमाण्डौ । सरकारले आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि पौने २९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको हो ।  

बजेटको प्राथमिकतामा पूर्वाधारमा लगानी विस्तार
NEWS

बजेटको प्राथमिकतामा पूर्वाधारमा लगानी विस्तार

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटले पूर्वाधारमा लगानी विस्तार गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटको प्राथमिकताहरु सार्वजनिक गरेका हुन् ।  

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य
NEWS

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य

काठमाण्डौ । सरकारले दुई वर्षभित्र चामल उत्पादनमा आतमनिर्भर हुने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज संघिय संसदमा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।  लक्ष्य पुरा गर्नका लागि तराई र भित्रि मधेशका २२ वटा जिल्लामा चैते धानबालि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उनले बताए ।  

वित्तीय तथा बीमा सेवामा उल्लेखनीय बृद्धिदर हुने अनुमान
ECONOMY& POLITICS

वित्तीय तथा बीमा सेवामा उल्लेखनीय बृद्धिदर हुने अनुमान

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि हुने प्रक्षेपण गरेका छन् ।  संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री पौडेलले चालु आवको अन्त्यसम्म बैंक बित्तीय संस्था बीमाको व्यवसाय बृद्धि हुने प्रक्षेपण गरेका हुन् ।  

मन्त्रिपरिषद्को बैठक सम्पन्न, बजेट अनुमोदन
ECONOMY& POLITICS

मन्त्रिपरिषद्को बैठक सम्पन्न, बजेट अनुमोदन

काठमाण्डौ । मन्त्रिपरिषद्को आज बसेको बैठक सम्पन्न भएको छ। उक्त बैठकले आर्थिक वर्ष २०८२÷८३ को बजेट अनुमोदन गरेको छ ।  

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान , प्रतिव्यक्ति आय १५१७ डलर रहने
ECONOMY& POLITICS

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान , प्रतिव्यक्ति आय १५१७ डलर रहने

काठमाण्डौ । सरकाररले देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्दै यस्तो बताएका हुन् ।  पौडेलले चालू वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने बताए । यस्तै मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । । मधेश, कोशी, सुदूरपश्चिमबाहेकका प्रदेशको...

अर्थमन्त्री पौडेल आज बजेट ल्याउँदै: १९ खर्ब रुपैयाँभन्दा ठूलो आकार, के के आउँदैछ नयाँ ?
NEWS

अर्थमन्त्री पौडेल आज बजेट ल्याउँदै: १९ खर्ब रुपैयाँभन्दा ठूलो आकार, के के आउँदैछ नयाँ ?

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे सार्वजनिक गर्न लागिएको बजेटको आकार १९ खर्ब रुपैयाँभन्दा बढी हुने पक्का भएको छ।सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन दिने, मध्यम वर्गलाई राहत दिने, कर्मचारीका लागि आकर्षक प्याकेज ल्याउने र ठूला पूर्वाधार आयोजना अगाडि बढाउने...

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अनुमोदन गरिने
ECONOMY& POLITICS

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अनुमोदन गरिने

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्नेछ ।  यस्तै आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने जनाइएको छ ।  

आज बजेट सार्वजनिक हुँदै
ECONOMY& POLITICS

आज बजेट सार्वजनिक हुँदै

काठमाण्डौ । आज आगामी आर्थिक वर्षको अनुमानित बजेट हुँदैछ । संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेटपेस गर्नुहुने कार्यसूची छ ।अपराह्न ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको छ ।...

एलन मस्कले छाडे ट्रम्पको साथ
NEWS

एलन मस्कले छाडे ट्रम्पको साथ

काठमाण्डौ । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक  प्लेटफर्म एक्स अकाउन्टमा यो बारे जानकारी दिएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.